-
back to menu
I am ...
चिसो हावामा
तिमीले
न्यानो घाम खोज्यौ
रातको अँध्यारोमा
तिमीले
उज्यालो बिहानी रोज्यौ
तिमीले खोजेको
घाम हूँ म
तिमीले रोजेको
बिहानी हूँ म ।
सुख्खा मरूभूमिमा
तिमीले
रंगीचंगी फूल चाह्यौ
शिशिरको जाडोमा
तिमीले
सुन्दर वसन्त माग्यौ
तिमीले चाहेको
फूल हूँ म
तिमीले मागेको
वसन्त हूँ म ।
In cold moment,
You searched warm light
You chose bright morning,
In dark night
I am the light
You r searhing for
I am the morning bright
You are looking for.
In dry desert,
You desired color flower
You demanded beautiful spring,
In cold winter
I am the flower
You desired
I am the spring
You demanded.
-
back to menu
Biography
Date of Birth : 2041-09-12(1984-12-26 A.D.), Makwanpur
Marital Status : Married
Nationality : Nepali
Gender : Male
Father's Name : Arjun Balami
Mother's Name : Sakali Maya Balami
Language Known : Nepali, English, Hindi and Newari
ACADEMIC QUALIFICATION:
Bachelor in Sociology/Ahtnropology, Population, Nepali
Master in IT (Information Technology)
TRAININGS:
- Diploma in Computer
- Computer Hardware
- Web Page Designing
- PHP Programmming
- dot Net Programming
- Training of Trainers (ToT) for Master Trainers
- Skill Test Assessors' Training
OTHER TRAININGS:
- प्रभावशाली वक्तृत्वकला तालिम
- १५ दिने नाट्य तालिम
- Fairy Tales Writing Workshop
- Youth ICT Students' Workshop
WORK EXPERIENCE:- As a Computer Teacher and Designer in Unique Students' Computer Education
- As a Computer Operator in Sirjanshil Secondary English School
- As a Computer Teacher, Designer and Computer Hardware Technician in Microlink Internatinal
- As a Designer cum Computer Operator for 'Nasha Weekly'
- As a Computer Operator in Monalisa Digital Studio
- As Computer Teacher in Bandana Progressive High School
- As Computer Teacher in Green Village Education Foundation)
- As a Teacher in IT Computer Institute
- As a Computer Teacher in Green Village Education Foundation
- As a Computer Teacher in Sirius College
- As a Computer Teacher in Galaxy Public School
- As a Computer Teacher in GEMS
- As a Managing Director in Smart InfoTech [A Corner for Computer Learners], Kirtipur
- As a Computer Operator, Nepal Government
AWARDS:
- कविताराम बालसाहित्य प्रतिभा पुरस्कार (Kavitaram Children's Literature Talent Award), 2001
- बाल कविता संग्रह 'स्कूल जान ऊ मानेन' को लागि पारिजात बालसाहित्य पाण्डुलिपी प्रशंसा पत्र –२०६५
PUBLICATIONS:
- 'जुँगे दाईको कोठा' (सचित्र बाल कथा), Room To Read
- 'स्कूल जान ऊ मानेन' (बाल कविता संग्रह), विवेक सिर्जनशील प्रकाशन
- अन्य फुटकर कथा, कविताहरु
-
back to menu
Literature
केही प्रतिनिधि रचना
- बन्न सकिनँ
- मायाका कुरा
- बत्ती आउने रे
- सोच्दासोच्दै
अरू .. merosirjana.blogspot.com -
back to menu
Gallery
-
back to menu
Be in Touch
- Current Address: Kirtipur-3, Sagal, Kathmandu
- Email: friendlyniraj@gmail.com
- Website: nirajbalami.com.np , merosirjana.blogspot.com
- Facebook Id: friendlyniraj
- Cell no: 977-9841649993
-
back to menu
बन्न सकिनँ
भोक लागेको बेला पिउनेहरूको बीचमा बसेर पिउँदिन भनेर तर्किन सकिनँ र एक बोतल चढाएँ । जाँदै थिएँ कलेज उनीहरूले अन्तै जाऊँ भने भो म जान्नँ भनेर फर्किन सकिनँ र उनीहरूसँगै पाइला बढाएँ । तिमी बिरामी छ्यौ, याद छ आमा आज पनि उनीहरूले बोलाए र गएँ। भान्सा कुरी बसेकी छ्यौ, थाहा छ प्यारी आउँछु भन्दाभन्दै घरमा आज पनि ढिलो भएँ । उनीहरूले छोडिदे घरको टेन्सन भने मैले हुन्न भन्न सकिनँ । कैले ख्वाए उनीहरूले, कैले मैले ख्वाएँ स्कूल भर्ना गर्दिनु छ भाइलाई पैसा दिन्न भन्न सकिनँ । उनीहरूले जिस्काएको केटी मेरै आफन्त थियो मुन्टो बटारेँ आफ्नै तर उनीहरूलाई रोक्न सकिनँ । झोँक नचलेको कहाँ हो र मलाई मात्र तर रिस उनीहरूमाथि पोख्न सकिनँ । उनीहरूले भनेको ठाउँमा पैसा फालेँ उनीहरूले जे भने, त्यही काम थालेँ । उनीहरू आफ्नै साथी हुन् मेरा साथीहरूभन्दा फरक बन्न सकिनँ । न आमाले सोचेजस्तो बनेँ न बाबाले खोजेजस्तो बनेँ तिमीले ठानेजस्तो म बन्न सकिनँ आफैँले भनेजस्तो म बन्न सकिनँ ।
- back to menu
मायाका कुरा
मैले अप्ठेरोमा हात दिने कुरा गरेँ एक्लोपनमा साथ दिने कुरा गरेँ जंघारहरू सँगै तर्ने कुरा गरेँ लामो यात्रा सँगै गर्ने कुरा गरेँ र तिमी भन्छ्यौ मैले मायाको कुरै गरिनँ । तिमीले आलिङ्गनका कुरा गर्यौ चुम्बनका कुरा गर्यौ अनि स्पर्शका कुरा गर्यौ । भन, तिमीले कहाँ मायाका कुरा गर्यौ ?
- back to menu
बत्ती आउने रे
बहिनीले होमवर्क गर्न पाउने रे सानो भाइले क्यासेट सुन्दै गीत गाउने रे के अचम्म हाम्रो घरमा खुशी छाउने रे धेरै पछि आज बल्ल बत्ती आउने रे ।
- back to menu
सोच्दासोच्दै
ऊ ब्युँझियो उठ्यो आँखा मिच्यो हाइ काढ्यो र सोच्न थाल्यो अब के गर्ने ? घोरिएर सोच्यो, टोलाएर सोच्यो, आँखा चिम्लिएर सोच्यो कसरी सुरु गर्ने यो बिहान ? सोच्दासोच्दै नाडीको घडी हेर्यो कटिसकेछ बिहान सुरु भैसकेछ दिन उसले फेरि सोच्यो अब के गर्ने ? उठेर सोच्यो, बसेर सोच्यो, पल्टिएर सोच्यो कसरी उपयोग गर्ने यो दिन ? सोच्दासोच्दै भित्ताको घडीमा आँखा ठोक्किए ढलिसकेछ दिन भैसकेछ साँझ उसले अझै सोच्यो अब के गर्ने ? एकोहोरो सोच्यो, आरामले सोच्यो, बेचैनीले सोच्यो कसरी जोगाउने यो साँझ ? सोच्दासोच्दै झ्यालबाट चिहायो बाहिर छाइसकेछ अँध्यारो परिसकेछ रात ऊ पल्टियो ओछ्यानमा र फेरि सोच्न थाल्यो अब के गर्ने ? सोच्नै नपाई आँखा लागे र ऊ भुसुक्क निदायो ।
- back to menu
Niraj Balami
स्वप्नदर्शी